एजेन्सी - अमेरिकामा जनावर माथि क्रुरता गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन्। अमेरिकाको फ्लोरिडाको क्लियरवाटस्थित एउटा भवनको सातौं तलाबाट कुकुर फाल्ने ४६ वर्षिया महिलालाई प्रहरीले जनावर माथि क्रुरतापूर्ण व्यवाहार गरेको अभियोगमा गिरफतार गरिएको हो।
‘पग’ प्रजातिको सो कुकुलाई ति महिलाले पूर्व ब्वाइफ्रेन्डसँग भनाभन हुने क्रममा रिसले फ्याकेकी हुन्। लामो समयदेखि ती महिलासँग डेटिङ गरेका एरिक एडेसन नामक पुरुषले आफ्नी पूर्व प्रेमिकाले आफ्नो कुकुरलगायत साँचोको झुप्पा र मोबाइल पनि सातौं तलाको वार्दलीबाट हुर्याइदिएको क्लियवाटर प्रहरीलाई बताएका छन्। तीन वर्षिय बकी नामक पग कुकुर सडकको फुटपाथमा मृत अवस्थामा फेला परेको थियो।
एडेसनको वकिल क्याथरिन निलले ती महिलाविरुद्ध क्षतिपूर्ति वापत ३० हजार अमेरिकी डलर माग गर्दै मुद्दा दायर गरेकी छन्। गत फ्रेबुअरीमै ब्रेकअप भइसकेकी ती प्रेमिका रक्सी पिएर एडेसनसँग झगडा गर्न आइपुगेको अनुसन्धानबाट खुलेको छ। टाम्पा बे टाइम्सका अनुसार बकीको दश वर्षिय माउ क्यान्सर पीडित रहेको अवस्थामा एडेसनले त्यसलाई संरक्षण दिएका थिए।