म्याग्दी - म्याग्दी सदरमुकाम बेनीस्थित बेनी खेलमैदानमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबल प्रतियोगिताको दोस्रो खेल विभागीय टिम एपिएफले हात पारेको छ।
प्रतियोगितमा समूह ए को एपीएफले कर्णाली प्रदेशलाई सोझो ३ सेटमा सहजै पराजित गरी जित हात पारेको हो। एपीएफले कर्णली प्रदेशलाई २५-५, २५-२ र २५-७को सेटमा पराजित गरेको थियो।
दोस्रो खेल शुक्रबार १० बजेदेखि वाग्मती प्रदेश र प्रदेश १ बीच खेल सुरु भएको छ। एपीएफ क्लव, कर्णाली र त्रिभुवन आर्मि क्लव, समूह बिमा वाग्मती, प्रदेश १ र मधेश प्रदेश, समूह सीमा नेपाल पुलिस क्लव र लुम्बिनी तथा समूह डी मा आयोजक गण्डकी, सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दै छन्। हरेक शीर्ष दुई टोलीले क्वार्टरफाइनल प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको फाइनल कात्तिक २ गते हुनेछ।