मिरुनाले फूर्वासँग माफी नमागेसम्म सिक्किममा 'कबड्डी ४’ फिल्म चल्न नदिने

काठमाडौँ - नेपाली चलचित्र ‘कबड्डी ४’ सिक्किममा रिलिज गर्न नदिइने भएको छ। फिल्म सिक्किममा रिलिज भएको खण्डमा सडक आन्दोलन गर्ने बौद्ध धर्मगुरुले चेतावनी दिएका हुन्। सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा गरेको पत्रकार सम्मेलनमा फिल्मको सिक्किम प्रदर्शन रोक्न माग गरेका हुन्।

नेपालमा लामा माथि फिल्मकी नायिकाले अन्याय गरेकाले सिक्किममा यो फिल्म प्रदर्शन गरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन्। यस्तै पिन्त्सोले फिल्ममा अभिनेता दयाहाङ राईले भिक्षुको भूमिका निर्वाह गरेको विषयमा पनि आपत्ति जनाएका छन्। 

उनले भने, ‘यदि फिल्म हलमा रिलिज भएको खण्डमा लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवारी लिन हामी तयार छैनौं।’ उनले फूर्वा माथि अन्याय भएको भन्दै उक्त घटनाले विश्वभरका बौद्ध धर्मावलम्बीहरुमाथि अन्याय भएको बताएका छन्। 

नेपालको घटना भएकाले फिल्मको सिक्किम रिलिज नरोक्न आग्रह आएको भएपनि लामा भएको नाताले आफूले फूर्वा माथिको अन्याय महसुस गरेको उनको भनाई रहेको छ। नायीका मिरुना मगरले फूर्वासँग माफी नमागेसम्म फिल्म चल्न नदिने पिन्त्सोले बताएका छन्। 

गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा चलचित्रको प्रतिकृया लिने क्रममा लामाले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले झापड हानेकी थिइन्। प्रहरी हिरासतमा रहेका लामा धरौटीमा छुटेपछि मिरुनासँग कागजी रुपमा माफी मागेका थिए।

तर यो विवाद माफी मागे पनि सेलाउन भने सकेनको छैन। एकातिर मिरुनालाई गाली गर्ने क्रम रोकिएको छैन। अर्कोतिर लामालाई पनि सामाजिक संजालमा अनेक प्रतिकृया आइरहेका छन्। लामाले माफी मागेको पर्सी पल्ट आफ्नो बोली फेरेका थिए। 

उनले मिरुनाले रोएका कारण आफूले गल्ती नगरे पनि माफी मागेको बताउँदै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×