वैदेशिक सहायतामा नाै गुणाले गिरावट

काठमाडाैं । गत आर्थिक वर्ष २०७७-०७८ को पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक सहायता ९ गुणा कम प्राप्त भएको छ ।

अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्ममा सरकारले ६९ मिलियन अमेरिकी डलर अर्थात् ८ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब बराबरको वैदेशिक सहायता प्राप्त भएको थियो ।

चालु वर्षमा प्राप्त सहायतामा १० मिलियन अर्थात् १ अर्ब २३ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ भने झन्डै ५९ मिलियन डलर अर्थात् ७ अर्ब ९ करोड रुपैयाँ प्राविधिक सहयोग प्राप्त भएको छ । चालु वर्षमा हालसम्म कुनै पनि सहुलियत ऋण प्राप्त भएको छैन । कारोबार दैनिकमा खबर छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×