काठमाडौँ - हरर थ्रिलर सिनेमा ‘चि मुसी चि स् इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमका अनुसार सिनेमा आगामी पौष १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ।
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ। यो सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताएका छन्।
सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ।
सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन्। सिनेमाको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ।