काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। गीतमा बुलेट फ्लो र अशोक बस्नेतको आवाज रहेको छ भने सुरज विक्रम थापाको शब्द तथा संगीत रहेको छ। गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो।
एक्सन विधामा आधारित चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा आदि कलाकारहरुको अभिनय रहेको छ। मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रमा नरेश योगीको कोरियोग्राफी र सिमसोन तामाङको द्वन्द्व निर्देशन रहेको छ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी रहेका छन् भने चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेका छन् ।
भिडियो: