काठमाडौँ - गायक कृष्ण सिंहको ‘तिमी को हौ..’ को गीतको भिडियो सार्वजनिक गरिएको छ। बेलायत निवासी युवा निर्देशक प्रभु गुरुङले निर्देशन गरेको भिडियोमा युवकको युवतीप्रतिको प्रेमाभाव प्रस्तुत गरिएको छ।
ध्रुव केसीको शब्द र सुनील राईको संगीत रहेको गीतको कोरियोग्राफी पनि निर्देशक प्रभु स्वयम्ले गरेका छन्। पछिल्लो समय उत्कृष्ट निर्देशकको थुप्रै अवार्ड जितिरहेका निर्देशक प्रभु बिदेशमा रहे तापनि गीत-संगीत तथा भिडियोका माध्यमबाट निरन्तर रुपमा कला क्षेत्रमा सक्रिय रहेका छन्। उनले यस गीतमा बिहेका लागि आमाले खोजेकी युवतीसँग युवकको कल्पना र यथार्थतालाई मिठासका साथ प्रस्तुत गरेका छन्।
सुमन श्रेष्ठको छायांकन र सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ नवीन निरौलाले गरेका छन् गायक सिंहकै युट्युव च्यानल कृष्ण सिंह अफिसियलमार्फत दर्शकमाझ पस्किएको गीतले सबैको मन जित्ने दावी निर्माण पक्षको छ।