सर्वोच्च परिसरमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच झडप भएको छ।

अल्पमतमा परिसकेपछि पनि आन्दोलनकारी कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको प्रवेशमा रोक लगाउने तयारीकासाथ सर्वोच्च परिसर घेराउ गरेपछि प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो। कानून व्यवसायीहरूले सुरक्षाकर्मीहरूको घेरा तोड्न खोजेपछि उक्त झडप भएको हो।

आन्दोलनकारी कानून व्यवसायीहरू सुरक्षाकर्मीसँग अराजक शैलीमा प्रस्तुत भएको बताइएको छ भने प्रहरीले उनीहरूलाई घेरा तोड्नबाट रोक्न खोजिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×