प्रविण बेडवाल र रचना रिमालको स्वरमा ‘तिम्रो आँखामा’ बोलको गीत सार्वजनिक

काठमाडौँ - गीतकार युवराज भण्डारीको शब्द रचनामा एउटा सुमधुर प्रेम गीत सार्वजनिक भएको छ। गायक प्रविण बेडवाल तथा गायिका रचना रिमालको स्वर रहेको ‘तिम्रो आँखामा’ बोलको युगल गीतलाई राजेश थापाले संगीतबद्ध गरेका छन्। गीतका संगीत संयोजक फणीन्द्र राई हुन्।

काठमाडौँको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन्। वाई बी कृयसनले सार्वजनिक गरेको यस गीतको भिडियोमा गायक, गायिका तथा वाधवादकहरूको अभिनय देख्न सकिन्छ। बिनोद बमको निर्देशन तथा सम्पादन रहेको भिडियो केशव अधिकारीले छायांकन गरेका हुन्।

भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने उनको शब्द तथा संगीतमा केही गीतहरू रेकर्ड भइसकेका छन्। पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×