अक्षयको फिल्म ओटीटीमा रिलिज हुने

काठमाडौँ - बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्लो फिल्म ‘बच्चन पाण्डे’ असफल रह्यो। त्यसअघि रिलिज भएको ‘द कश्मीर फाइल्स’ को कारणले अक्षयको फिल्मको कलेक्सन पचास करोडमै रोकियो। त्यसपछि रिलिज भएको फिल्म ‘आरआरआर’ ले फिल्मलाई हलमा बाँकी नै रहन दिएन। यी यस्तै कारणले फिल्म फ्लप भयो।

यसैकारण हुन् सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ। अक्षय अभिनीत फिल्म  ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुने तयारी छ। रञ्जित एम तिवारी निर्देशित ‘मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह, गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ। फिल्मको बजेट १ सय ७५ करोड भनिएको छ। भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ। 

यद्यपि पछिल्लो समय फिल्मलाई सिरिजको रुपमा अगाडि ल्याउने खबरहरू पनि आइरहेका छन्। पिंकभिल्लाको अनुसार फिल्मलाई वेब सिरिजको रुपमा पनि ल्याउन सकिनेछ। यद्यपि यसका लागि अक्षयले थप केही छायांकन गर्नु पर्ने छ। सिरिजको रुपमा ल्याउन अक्षयले अनुमति दिएमा यसको दोस्रो सिजनमा समेत उनले अभिनय गर्नु पर्ने हुन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×