काठमाडौँ - गायक प्रविण बेडवालको नयाँ गीत ‘नजानी नजानी’ सार्वजनिक भएको छ। प्रकाश किरणको शब्द रहेको गीतमा दीप घतानीको संगीत रहेको छ।
गीतको भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ। राज पोखरेलले छायांकन गरेको भिडियोलाई हेम प्रभास अधिकारीले निर्देशन गरेका छन्।