ला लिगा : साविक विजेता एट्लेटिको विजयी

काठमाडौँ - ला लिगामा शनिबार राति भएको खेलमा साविक विजेता एट्लेटिको मड्रिडले पनि ओसासुनामाथि ३–० को विजय हासिल गरेको छ। 

भ्रमणकारी एट्लेटिकोले तेस्रो मिनेटमै जोओ फेलिक्सको गोलबाट अग्रता लिएको थियो। ५९औं मिनेटमा लुइस स्वारेजले अग्रता दोब्बर बनाए। खेल सकिन एक मिनेट बाँकी हुँदा एन्जेल कोरेराले अर्को गोल थपेपछि एट्लेटिकोले सहजै तीन अंक जोडेको थियो।

जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ। एट्लेटिकोले २५ खेलबाट ४२ अंक जोडेको छ। जुन तेस्रो स्थानको रियाल बेटिसभन्दा एक अंकले पछाडि हो भने पाँचौं स्थानको भियारियालभन्दा तीन अंकले माथि हो। तथापि, रियाल बेटिसले एक खेल कम खेलेको छ। पराजित ओसासुना ३२ अंकका साथ नवौं स्थानमा छ। 

भियारियालले गएराति १७औं स्थानको ग्रानाडालाई ४–१ ले हराएको थियो। अन्य खेलमा १५औं स्थानको गेटाफेले रेलिगेशन क्षेत्रको कार्डिजसँग १–१ को बराबरी खेल्यो। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×