रोहित सम्मिलित केडिरीको दोस्रो हार

काठमाडौँ - नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेशियन लिग वानमा दोस्रो हार व्यहोरेको छ।

शनिबार भएको खेलमा केडिरी शीर्ष स्थानको मादुरा युनाइटेडसँग १-० ले पराजित भएको हो। मादुराको जितमा ३६ वर्षीय स्टेबन भिज्काराले निर्णायक गोल गरेका थिए। उनले ४६ औं मिनेटमा गोन्कालोको पासलाई पोस्टको दिशा दिएका थिए।

लगातार दोस्रो हारसँगै एक अंकमात्र जोडेको केडिरी रेलिगेशन जोनमा रहेको छ। यस्तै, हालसम्म अपराजित रहँदै शीर्ष स्थानमा रहेको मादुरीको ९ अंक रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×