काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको सभापति मा फेरिपनि प्रधानमन्त्री शेरबहादुर देउवा नै निर्वाचित भएका छन्।
प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका हुन्। १३औं महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा पुगेका देउवाले १४औं महाधिवेशनमा पनि बाजी मारेका हुन्। सभापतिका प्रतिस्पर्धीमध्ये सबैभन्दा बलियो देखिएका डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा छैटौँपटक पार्टी सभापति चुनिएका हुन्। सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरेका हुन्। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरेका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाँण लगायतले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिइसकेका छन् भने शुभकामनाको ओइरो लाग्ने क्रम जारी नै छ।