मूल्यवृद्धि हुँदा पनि सरकारले नियन्त्रण गर्न सकेन : माधव नेपाल

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताएका छन् । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कोसिस नगरेको बताएका हुन् । उनले दैनिक उपभोग्य वस्तुको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताए ।

अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न आफूहरुले संसदबाट समेत सरकारको ध्यानाकर्षण गराएको बताउँदै भने, ‘अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । छलफलबाट केहीकेही थोरै बढाउनु त एउटा कुरा होला । तर, आफ्नो हिसाबले भइरहेको मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराउँछौं ।’

आफूहरु अहिले सत्तागठबन्धन र समाजवादी मोर्चामा भएपनि आफ्नो हिसाबले चलिरहेको उनको भनाइ छ । ‘हामी गठबन्धन र समाजवादी मोर्चामा पनि छौं’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘सरकारको काम आफ्नो हिसाबले चलिरहेको छ । मोर्चा पनि आफ्नो ढंगबाट अगाडि बढाइरहेका छौं ।’ उनले मोर्चा स्पष्ट लक्ष्य र आफ्नो कार्यक्रमअनुसार अगाडि बढाउने पनि बताए ।

उनले समाजवादीको सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने जानकारी गराउँदै भने, ‘त्यहाँ सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सन्देश सभाको विषयमा पनि छलफल हुन्छ । प्रधानमन्त्री आइसकेपछि त्यहाँ हामीले कार्यक्रम राख्छौं ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×