निर्माण व्यवसायी सङ्घको अध्यक्षमा पुनः चन्द

कञ्चनपुर - कञ्चनपुर निर्माण व्यवसायी सङ्घको २५औँ कार्यकारिणी समितिको सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा गजेन्द्रबहादुर चन्द पुनःनिर्वाचित भएका छन्। दोस्रोपटक निर्माण व्यवसायी सङ्घको नेतृत्व सम्हाल्ने अवसर पाएका चन्दले प्रतिस्पर्धी गजेन्द्र थापालाई १० मतले पराजित गरे।

अध्यक्ष चन्दले १४२ मत प्राप्त गरेका थिए भने थापाले १३२ मत प्राप्त गरे। त्यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा निरञ्जनप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन्, उपाध्यक्षमा पुष्पराज अवस्थी र महासचिवमा लक्ष्मणदत्त लेखक निर्वाचित भएका छन्।

त्यसैगरी सङ्घको सचिवमा राजेन्द्रबहादुर चन्द , कोषाध्यक्षमा निर्मला भट्ट र सहकोषाध्यक्षमा महेश चन्द विजयी भएका छन्। समितिको सदस्य पदमा अमरबहादुर मल्ल, योगेन्द्र ठकुराठी , हेम महरा , दीपेन्द्र पन्त , रवीन्द्र केसी , विष्णुबहादुर सिंह र गोरेसिंह ऐर निर्वाचित भएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×