ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

काठमाडौँ - भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ। उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो। निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्। यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन्। सो राज्यमा २ जनाको वर्षाका कारण ज्यान गएको बताइएको छ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको शनिबार ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्। सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×