तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको ज्यान गयो

काठमाडौँ - भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ। २१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो।

भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन शल्यक्रिया गराएकी थिइन्। शल्यक्रियामा भएको गल्तीले भोलिपल्ट नै उनको निधन भएको हो।

उनले आफ्नो शल्यक्रियाबारे आमा- बुबालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रिया पश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो। यसैका कारण उनको निधन भएको हो। नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी दर्ता गरेका छन्।

कन्नडा टेलीफिल्ममा काम गर्ने क्रममा कसैले चेतनालाई वजन बढेको र त्यसलाई घटाउनु पर्ने सल्लाह दिएका कारण उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×