आईपीएलमा : चेन्नई र मुम्बई भिड्दै

काठमाडाैँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज प्रतिस्पर्धा गर्दैछन्। मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ। लिगमा ११ खेल खेलेको चेन्नई ८ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेकाे छ। यता ४ अंक जोडेको मुम्बई तालिकाको पुछारमा रहेकाे छ।

आजको खेलका जित निकाल्न सकेमा चेन्नई छैटौं स्थानमा उक्लने छ। महेन्द्र सिंह धोनीको कप्तानीमा साविकको विजेता चेन्नई यो सिजनमा भने कमजोर बन्यो। यता रोहित शर्माको कप्तानीमा रहेको मुम्बई आईपीएलको यो  सिजनमा सबैभन्दा पहिले बाहिरिने टोली बनेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×