रत्नेचौरको तोरीबारी घुम्न खुला

काठमाडौँ - पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम  र सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा  थामिनसक्नु भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुल्ला भएको छ।

म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा पुगेर तस्बीर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्ने गरेको छ। उत्तरपट्टी चाँदी झै टल्केका धवलागिरि हिमशृङ्खला, पश्मिबाट पूर्वतर्फ लमतन्न फैलिएको समथर फाँट, फाँटैभरि गहुँको हरियाली र पहेँलै फुलेको तोरीको मिश्रणले अकर्षक लाग्ने दृश्यका कारण फाँटकोबीच भागमा पीच गरिएको पक्की सडकमा तस्बीर खिच्न र टिकटक बनाउन व्यस्त युवायुवती तथा वयस्कहरुको भीडले रत्नेचौरको रौनक बढाएको हो।

तोरीबारीमा घुम्न गएका धेरैजसो युवती फाँटको पहेँलपुर तोरीबारीमा मखमलीको चोलो तथा पोलिस्टरका गुन्यूँ, पटुका, गरगहना, बाला, माडबारी, तिलहरी, औंठी, चुराजस्ता जनजातिको संस्कृति र वेषभूषा झल्किने पोशाकमा सजिएर तस्बीर लिने गरेका छन्। रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टिकटक, इन्स्टाग्राममा कैद गर्नाका लागि रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोशाक भाडामा दिएर एक महिनामै करिब रु. ६० हजार आम्दानी गरेको छ।

सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमका लागि रु. ३० हजारमा १० सेट त्यस्ता गहना र पोशाक खरिद गरेको सहकारीका सचिव सुलोचना केसीले बताए। “तोरीबारीले मगर समुदायको वेषभूषाको पनि प्रचारप्रसार भयो र सङ्कलित रकमलाई जातीय पोशाक प्रवद्र्धनमै खर्च गछौँ” उनले भने। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×