बूढीनन्दा प्रमुखमा एमाले, उपप्रमुखमा स्वतन्त्र

बाजुरा - जिल्लाको बूढीनन्दा नगरपालिको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी  भएका छन् । जनकले पाँच हजार ११५ मत ल्याएर विजयी  हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत ल्याए । 
 
 यस्तै नगरउपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुरले चार हजार ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीतादेवी तीन हजार ६७७ मत ल्याइन । 

  निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वडा एमाले र ३ वडाध्यक्ष कांग्रेसले जितेको छ । जिल्लाका नौ पालिकामध्ये आठ पालिकाको मत परिणाम आइसकेको छ । बूढीगङ्गा नगरपालिकामा कांग्रेस र एमालेबीच विवाद हुँदा मतगणनाबारेमा अन्योल रहेको छ । नगरपालिकाको विवाद समाधानका लागि निर्वाचन आयोगको टोलीले अनुगमन गरेको भए पनि हालसम्म  कुनै निर्णय हुन सकेको छैन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×