मस्तिष्काघातबाट निको भएका बस्तेत भन्छन्, "मेरो उपचार त अपत्यारिलो चमत्कार नै भयो ।"

काठमाडौँ । हालै उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलमा न्यूरो इन्टरभेन्सन सेवा मार्फत मस्तिष्काघात भएर पनि ३७ वर्षीय अर्जुन बस्नेत निको भएका छन् ।

उनले भने, “म हिडिरहेको थिए, एक्कासी असजिलो महशुस भई सडकमै ढलेछु । ढलेको देख्ने र श्रीमतीले न्यूरो अस्पताल पुर्‍याएछन् ।  मलाई केही थाहा थिएन । तुरुन्त अस्पतालमा मेरो उपचार शुरु भएछ । राति थम्बेक्टोमी गरेर नसाको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्ला (ब्लड क्लट) निकालिएछ । फलस्वरुप राति १२ बजेतिर मेरो बोली फिर्ता आयो । यो बेलासम्म मैले आफूलाई सामान्य अनुभव गर्न थालिसकेको थिएँ । मलाई मस्तिष्काघात भएको र यति चाँडै निको भएको कुरा अस्पतालमा भेट्न आउने आफन्तले समेत पत्याएनन्।”

बुझ्दा, उनकी आमा पनि मस्तिष्काघातभई ‘प्यारालाइसिस’बाट जीवन गुजारिरहेकी रहिछन् । उनले भने, “मेरोपनि आमा जस्तै प्यारालाइज्ड भएर जीवनभर बाँच्नु पर्ने अवस्था हुन सक्थ्यो । नयाँ प्रविधिकै कारण समयमानै सही उपचार पाएँ र १० दिनभित्र काममा फर्किएर कमाउने सक्ने भएको छु । यस प्रकारको उपचार नपाएको भए सायद जीवनभर खर्चै खर्चमा जीउनुपथ्र्यो र परिवारको पनि बिचल्ली हुने थियो होला । मेरो उपचार त अपत्यारिलो चमत्कार नै भयो ।”
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×