सहिद स्मारक ए डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

काठमाडौँ। नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो पहिलो जित हात पारेको छ।

आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १-० गोलले पराजित गरेको छ। पुलिसको जितमा  ७० मिनेटमा सुमन लामाले गरेको गोल निर्णायक सावित भयो। 

पुलिसले यसअघि पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो। जावलाखेलको भने यो लगातार दोस्रो हार हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×