हमाल कर्णाली सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त

काठमाडौं । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।

सोमबार मुख्यमन्त्री यामलाल कँडेलले एमालेनिकट हमाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

हमालले उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश लोहितचन्द्र शाहसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×