भन्सार छली ल्याउँदै गरेको सामानसहित चारजना पक्राउ

चितवन - खैरहनी नगरपालिका-८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै सामानसहित चारजनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।

प्रहरीले कपडा, फलामको छड, भाँडावर्तन र ट्रकसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानसमेत बरामद गरेको बताइएको छ। पर्सा वीरगन्जबाट भन्सार छली लत्ता कपडाहरूलगायत सामानहरू ल्याउने क्रममा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उक्त सामानहरू बरामद गरेको थियो।

बरामद मालसामान, चारवटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×