फिल्म ‘हिँड्दा हिँड्दै’को पोस्टर सार्वजनिक, माघ २० बाट प्रदर्शन हुने

काठमाडौँ - आकाश श्रेष्ठ र रेखा शाह मुख्य भूमिकामा रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को पोस्टर सार्वजनिक भएको छ। फिल्मको निर्माण पक्षले प्रदर्शन मिति सार्वजनिक गर्दै फिल्मको फर्स्ट लुक्स सार्वजनिक गरेको हो। 

मिलन आलेको निर्देशनमा बनेको फिल्मको पोस्टरमा मुख्य कलाकार आकाश र रेखा समेटिएका छन्। रेखाको डेब्यु सिनेमा रहेको ‘हिँड्दा हिँड्दै’ प्रेम कथामा आधारित सिनेमा हो। फिल्ममा रेखा र आकाशसँगै सलोन बस्नेत, सानिया खान, बिमल श्रेष्ठ, विशाल श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ.

फिल्मलाई सुशील पंगेनीले लेखेका छन् भने राजकुमार थिङ्ग यसका निर्माता हुन्। फिल्म माघ २० गते प्रदर्शनमा आउने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×