काठमाडौँ - गीतकार तथा कवि अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ। सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेन्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा आर्यन खरेल र सिर्जना श्रेष्ठको अभिनय रहेको छ। नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ। गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक-श्रोता र दर्शकमाझ आएका छन्। उनको थुप्रै फुटकर गीत, कविता र गजल सार्वजनिक छन्।