काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ।
गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई ३-२ गोल अन्तरले हराएको हो। जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आर्सनलले ९ खेलमा २४ अंक जोडेको छ। लिभरपुल १० अंक जोडेर १०औँ स्थानमा रहेको छ।
आर्सनलका लागि बुकायो साकाले २ तथा गाब्रियल मार्टिनेलीले १ गोल गरेका थिए। लिभरपुलका लागि डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले १/१ गोल गरेका थिए।