सिमकोट गाउँपालिकाको मतगणना सुरु

काठमाडौँ - हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ । 

वडा नं १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका पुगेको भए पनि दिउँसो ढिला गरी सर्वदलीय बैठक बसेर साँझदेखि मतगणना गर्ने कार्य सुरु भएको हो ।

सिमकोट गाउँपालिका वडा नं. १ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिनुभयो । सिमकोट गाउँपालिकामा ५,३४७ मत खसेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×