आलिया-रणवीरले राखे छोरीको नाम ‘राहा’, बार्सिलोनाको जर्सीमार्फत सार्वजनिक

काठमाडौँ - बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नामाकरण गरिदिएका छन्। विहिबार बेलुका इन्स्टाग्रामको एक पोस्टमार्फत आलियाले उक्त जानकारी दिएकी हुन्। आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन्।

रणवीरकी आमा नीतुले यो नाम राखिदिएकी हुन्। छोरीको नाम सार्वजनिक गर्ने आलिया-रणवीरको काइदा पनि गजबको छ। फुटबल क्लब बार्सिलोनाको जर्सीमार्फत उनीहरुले नाम सार्वजनिक गरेका छन्। आलियाले छोरीको नाम ‘राहा’को अर्थ खुशि भएको बताएकी छिन्। यसबाहेक राहा एक गोत्र पनि हो। गत ६ नोभेम्बरमा आलियाले छोरीलाई जन्म दिएकी थिइन्।

आलिया लेख्छिन्, ‘राहाको अर्थ जोए हो । संस्कृतिमा राहा एक गोत्र हो। बंगालीमा यसको अर्थ आराम र राहत हो। अरबीमा यसको अर्थ शान्ति हो। यसबाहेक यसको अर्थ खुशि, स्वतन्त्रता र आनन्दजस्ता केही शब्द पनि छन्। हामीलाई यिनलाई जब पहिलोपटक हातमा लिँदा हामीले यही सबै शब्दको अर्थ महसुस गर्यौं। हाम्रो परिवारलाई नयाँ जीवन दिएकोमा तिमीप्रति आभार। यस्तो लाग्दैछ, हाम्रो जीवन बल्ल सुरु हुँदैछ।’

१४ अप्रिल, २०२२ मा आलिया र रणवीरबीच विवाह भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×