वेस्ट इन्डिजसँगको टी-२० शृङ्खला न्युजिल्यान्डलाई

काठमाडौँ - घरेलु टोली वेस्टइन्डिजसँगको तीन खेलको टी-२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेल अगाडि नै जितेको छ। दोस्रो टी-२० मा वेस्टइन्डिजलाई ९० रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २-० ले जितेको हो।

जितका लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनायो। वेस्टइन्डिजका ओबेद म्याककोय सर्वाधिक २३ रनमा अविजित रहेका थिए। न्युजिल्यान्डका मिचेल सान्टनार र माइकल ब्रेसवेलले ३/३ विकेट लिएका थिए।

टिम साउथी र इश सोधीले १/१ विकेट लिएका थिए। त्यसअघि सविना पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो। न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ७६ रन बनाएका थिए।

वेस्टइन्डिजका ओबेद म्याकोयले ३ विकेट लिए। रोमारियो शेफर्ड र ओडेन स्मिथले १/१ विकेट लिएका थिए। पहिलो खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको थियो।

तेस्रो खेल आइतवार हुनेछ। त्यसपछि यी दुई देशबीच ३ खेलको एकदिवसीय शृङ्खला हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×