भक्तपुरमा दुईवटा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर - भक्तपुरका दुईवटा छुटाछुटै स्थानहरुमा दुईवटा छुटाछुटै नेपाल भाषा साहित्य सम्मेलनहरु शुक्रबारदेखि सुरु भएका छन्।

४२ औँ बृहत नेपाल भाषा साहित्य सम्मेलन भक्तपुर नगरपालिका-१ भार्वाचो मिनीवस पार्क भक्तपुरमा सुरु भएको छ। भने ६१ औं विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरको नागरपोखरीमा सुरु भएको छ।

दुवै साहित्य सम्मेलनमा नेपाल भाषासहित विभिन्न भाषाभाषिका साहित्यहरु वचन गरिने छन्। ४२ औ बृहत नेपाल भाषा साहित्य सम्मेलन शुक्रबार र शनिबार गरी २ दिन चल्ने छ भने ६१ औं विराट नेपाल भाषा साहित्य सम्मेलन आज शुक्रबार मात्रै चल्नेछ। 

४२ औं बृहत नेपाल भाषा साहित्य सम्मेलनको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रहेका छन् भने उता ६१ औं विराट नेपाल भाषा साहित्य सम्मेलनको प्रमुख अतिथि वरिष्ठ साहित्यकार हितकरवीरसिंह कंसाकार रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×