काठमाडौँ । हुम्लालाई अझै ग्रिन जोनमै राख्नका लागि सबैले स्वास्थ्यसम्बन्धीका मापदण्ड अनिवार्य अपनाउन आग्रह गरिएको छ।
नेपालभर तेस्रो ओमिक्रोन कोरोना भाइरसको त्रास बढिरहेका बेला जिल्लाका दुई वटा नाका र विमानस्थलमा हेल्थडेस्क राखिने भएको छ। दक्षिणी क्षेत्रका सिमानामा जोडिएका मुगु जिल्लाको चङ्खेली गाउँपालिका–१ को रिमी, बाजुरा जिल्लासँग जोडिएको ताँजाकोट गाउँपालिकाको कवाडी र सिमकोट विमानस्थलमा हेल्पडेस्क स्थापना गरिने र त्यहाँ सबै यात्रुको अनिवार्य कोरोना परीक्षण गरिने भएको छ।
ग्रीन जोनका रूपमा रहेको जिल्लालाई कोरोनाविरुद्ध सतर्कता अपनाउन आठ बुँदे निर्णय गरिएको हो।