चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला आयोजना हुने

काठमाडौं - आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला ’एनपीनोग नाइन’ हुने भएको छ । इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गर्ने पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिनेछन् ।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन हुने बताइएको छ । इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न कार्यशाला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

कार्यशालामा ४५ जना सहभागी हुने बताइएको छ । यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ जना सहभागी छनोट गरिने छ ।   
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×