राष्ट्रिय योगासन प्रतियोगितामा विजयीलाई नगद पुरस्कार

काठमाडौँ - पतञ्जली योग समिति, युवा नेपाल शाखाले विभिन्न उमेर समूहका लागि आयोजना गरेको राष्ट्रिय योगासन प्रतियोगिता सम्पन्न भएको छ। मण्डिखाटारस्थित पतञ्जली योगपिठमा भएको प्रतियोगितामा ७ देखि १३ वर्ष उमेर समूहको  एकल प्रतिस्पर्धामा महिलातर्फ कीर्तिका केसी, सुनी गुरुङ र दीक्षा धिमाल तथा पुरुषतर्फ ध्रुव थापामगर, जय चौधरी र अविनाश नेपाल क्रमशः प्रथम द्वितीय भएका थिए।

प्रतियोगितामा १४ वर्षदेखि १९ वर्ष उमेर समूहमा महिलातर्फ सुनिता ढकाल, मनिषा गुरुङ र बिसिका ढकाल तथा पुरुषतर्फ बुद्ध गुरुङ, धीरज माझी र मनिस श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए। प्रतियोगितामा २० देखि २९ वर्ष उमेर समूहमा महिलातर्फ मुना शर्मा, प्रतिमा लुइँटेल र स्वस्तिका पन्त तथा  पुरुषतर्फ  रोशन विष्ट,  पर्मेश्वर पौडेल र आङछिरिङ लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।

त्यस्तै  ३० देखि ४० वर्ष उमेर समूहको महिलातर्फ रमा कार्की, गङ्गा पुन र रविना बके तथा  पुरुषतर्फ निल कमल राय, उमाशङ्कर जोशी र देवबहादुर थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भए। प्रतियोगितामा ४१ माथि उमेर समूहको महिलातर्फ दुर्गा पन्त, मनिषा बडाल र सिर्जना पौडेल तथा पुरुषतर्फ हरिराम चौधरी , नबराज खत्री र राजकुमार उडारी क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

कार्यक्रममा रिदमिक समूहगत विधामासमेत प्रतिस्पर्धा गराइएको थियो, प्रतियोगितामा सातै प्रदेशबाट १५० जनाको सहभागिता थियो। प्रत्येक उमेर समूहका प्रधिस्पर्धामा प्रथम हुनेलाई रु २१ हजार, द्वितीय हुनेलाई  रु ११ हजार १०० र तृतीय स्थान हासिल गर्नेलाई पाँच हजार १०० पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक केदार वस्ताकोटीले जानकारी दिए।

प्रतियोगिता सफलरुपले सञ्चालनको कामना गर्दै  आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भर्चुअल माध्यमबाट शुभकामना शन्देश दिनुभएको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिँदै नसर्ने खालका रोग र  शारीरिक व्यायाम नगरेका कारण लाग्ने रोग योगका माध्यमबाट निधान गर्न सकिने बताए।

पतञ्जलि योगपिठ नेपालका ट्रष्टी शालिग्राम सिहंले योगलाई नागरिकतहसम्म पुर्‍याउने उद्देश्यले राष्ट्रव्यापी प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×