सन्दीप लामिछानेलाई बयानका लागि आज अदालतमा उपस्थित गराइने

काठमाडौँ - नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आइतबार बयानका लागि अदालतमा उपस्थित गराइने भएको छ।

दशैँ बिदा परेकाले आइतबार मात्रै अदालत खुल्ने भएकाले उनलाई बयानका लागि अदातल लान लागिएको हो। पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ।

बयानका लागि आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइनेछ। प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

उनलाई काठमाडौँ प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौँ प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×