वैदेशिक रोजगारमा ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ पुस ८ देखि सञ्चालनमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ पुस ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ। यो सेवा देशभरका ७५३ स्थानीय तह, ७ प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभागसमाधान कल सेन्टरमार्फत कार्यालय समयमा उपलब्ध हुनेछ।

यस सेलको मुख्य उद्देश्य श्रमिकलाई आधिकारिक सूचना उपलब्ध गराउनु, डिजिटल माध्यमबाट हुने ठगी र झुटा प्रलोभनबाट जोगाउनु, र सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्नु हो। यसमार्फत श्रमिकले रोजगारीको माग भएका देश, आधिकारिक म्यानपावर, आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लागत, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि र आधिकारिक सम्पर्क ठेगाना जस्ता १० प्रमुख प्रश्नका उत्तर पाउनेछन्।

यो प्रणाली अन्तर्राष्ट्रिय आप्रवासन दिवस (डिसेम्बर १८) को अवसरमा सुरु गर्न लागिएको हो, जुन नेपालमा पुस १–७ गतेसम्म साप्ताहव्यापी रूपमा मनाइँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×