मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

काठमाडौँ - मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार मलेसियाका विभिन्न भागमा चार हजार सात सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ। 
 
स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार सात सय १० पुगेको छ भने ३५ हजार नौ सय ३२ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, न्युजिल्याण्डमा आज आठ हजार सात सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सँगै त्यहाँ  १५ लाख ७७ हजार चार सय १४ जनामा कोभिडबाट प्रभावित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।  सन् २०२० मा कोभिड–१९ महामारी शुरु भएयता एक हजार चार सय २७ जनाको मृत्यु भइसकेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×