राप्रपाको चार प्रदेशमा भेला सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ। 

पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र मधेस प्रदेशमा राजनीतिक गतिविधि सञ्चालन गरको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए। पछिल्लो समय बढदै गरेको कोराना सङ्क्रमणका कारण बाँकी तीन प्रदेशमा अहिलेलाई भेला तथा भीडभाड हुने राजनीतिक कार्यक्रम स्थगन गरेको पार्टीले स्थानीय तहको समयावधि सकिन लागेको अहिलेका अवस्थामा नयाँ निर्वाचनअगावै प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडास्तरसम्म सङ्गठन सुदृढीकरणका लागि योजना बनाएको थियो।

गत मङ्सिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित कार्यसमितिले कोराना सङ्क्रमण न्यूनीकरण हुनेबित्तिकै भेला तथा सङ्गठन विस्तारका अभियान सञ्चालन गर्ने जनाएको छ।

    पार्टीले संसदीय समिति, निर्देशन समिति, योजना तथा अनुगमनलगायत समिति तथा ४० भन्दा बढी विभाग गठन गर्न बाँकी छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×