मेष–यो साता अध्ययनमा रुचि जाग्नुका साथै सफल यात्राका योग पनि देखिन्छन् । घरमा अतिथिको आगमन हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वाहन सुख पनि मिल्नसक्छ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
वृष–यो हप्ता रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धार्मिक यात्राको योग छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन–जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजार र आर्थिक कारोबारमा समेत मन्दी आउला । मंगलबार बाट कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग । निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कर्कट–रमाइलो यात्राको योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग बैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
सिंह–यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । भ्रमण र नयाँ कामको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या–यो साता दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्राविधिक कार्यमा सफलता पाइनेछ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला–यो साता अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउनसक्छ । मध्य साताबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक–यो साता रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ । सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
धनु–यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग कलेजी वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर–यो साता रमाइलो यात्राको योग रहेको छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
कुम्भ–यो हप्ता आँटेको र ताकेको कार्य पुरा होला । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिन–यो साता नयाँ ठाउँमा प्रवेश हुने समय रहेको छ । घरजग्गा र भौतिक साधन जुटाउने समय छ । भ्रमणको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।