काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य थोरै ओर्लिएको छ।
बुधबारको तुलनामा प्रतितोला रु. ४०० ले घटेर आज बिहीबार छापावाल सुन प्रतितोला रु. ९२ हजार १००ले कारोबार भइरहेको छ। हिजो बुधबार उक्त सुन प्रतितोला रु. ९२ हजार ५०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ। बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १५ घटेर रु एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ।