नवाैं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीलाई सफलता

काठमाडौँ - गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगतको महिला क्रिकेटमा हिजो भएको समूह ए के दोश्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै महत्वपूर्ण २ अंक जोड्न सफल भएको छ।

७१ रनको लक्ष पछयाएको बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य भेटाएको हो। कञ्चन श्रेष्ठले ४४ बलको सामना गर्दै २५ रन जोड्न सफल भईन्। उनी रन आउट भएकी थिइन्। यस्तै सुमन खतिवडा ११ रन, अश्मिता खरेल ९ रन र आरती विडारी नटआउट ३ रन जोड्न सफल भएका थिए। सुदूरपश्चिमका यासुपाण्डेले १ विकेट लिएकी थिइन्।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको बागमतीले सुदूरपश्चिमलाई ७१ रनमा रोक्न सफल भएको थियो। सुदूरपश्चिमकी अनु कडायतले सर्वाधिक २२ रन जोडेकी थिइन्। उनले २३ बलको सामना गर्दै २ चौक प्रहार गरिन्। रुवी पोदारले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यशु पाण्डेले ७, विन्दु रावल र स्नेहा महराले समान ५, रितु कनौजियाले ३ र डली भट्टले २ रन जोडेका थिए। बागमतीले अतिरिक्त १५ रन दिएको थियो। बागमतीकी ओमेन अफ दि म्याच सोनी पाखरिनले ५ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १३ रन दिएकी थिइन्। यस्तै खुशी डङ्गोलले २ र अश्मिता खरेलले १ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×