काठमाडौँ। बलिउड अभिनेत्री रकुल प्रीत सिंह अहिलेको समयको व्यस्त कलाकारहरुमध्ये एक पर्छिन्। हालै उनले एउटा नयाँ एप लन्च गरेकी छिन्। जसले बलिउडमा पर्दा अअघि र पर्दा पछिको कामको जानकारी दिनेछ। सो एपको नाम ‘स्टारिङ यु’ रहेको छ।
रकुलका आउँदा चलचित्रहरु ‘अटैक’, ‘रनवे–३४’, ‘मिशन सिन्डेरेला’, ‘छत्रीवाली’, ‘डाक्टर जी’ आदि रहेका छन्। त्यसबाहेक उनी साउथका चलचित्रमा पनि देखिदै छिन्।