म्यानचेस्टर युनाइटेड र आर्सनल सहज समूहमा

काठमाडौँ - इंग्लिस क्लबद्धय म्यानचेस्टर युनाइटेड र आर्सनल युइएफए युरोपा लिगमा सहज समूहमा परेको छ।
शुक्रबार गरिएको विभाजनअनुसार युनाइटेड रहेको समूह ‘ई’ मा रियल सोसिडाड, एफसी सेरिफ र ओमोनिया निकोसिया रहेका छन्।

यस्तै आर्सनल रहेको समूह ‘ए’ मा पिएसभी इन्डोभेन, बोडो/ग्लिम्ट र एफसी जुरिच परेको छ।

समूह विभाजन
समूह ‘ए’ - आर्सनल, पिएसभी इन्डोभेन, बोडो/ग्लिम्ट र एफसी जुरिच
समूह ‘बी’ - डेनामो किएभ, रेनेस, फेनरवाच र एइके लार्नाका
समूह ‘सी’ - रोमा, लुडोगोरेट्स, रियल बेटिस र एचजेके हेलसिन्की
समूह ‘डी’ - ब्रागा, माल्मो, युनियन बर्लिन र युनियन सेन्ट गिलोइस
समूह ‘ई’ - म्यानचेस्टर युनाइटेड, रियल सोसिडाड, एफसी सेरिफ र ओमोनिया निकोसिया
समूह ‘एफ’ - लाजियो, फियोनुर्ड, एफसी मिट्जेल्यान्ड र एसके स्ट्रम ग्रज
समूह ‘जी’ - ओलम्पियाकोस, क्वारावाग, फ्रेइवर्ग र नान्टेस
समूह ‘एच’ - रेड स्टार बेलग्रेड, मोनाको, फेरेन्कभारोस टिसी र ट्रावजन्सपर

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×