काठमाडौँ - आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दाेस्राे खेल खेल्न लागेकाे हाे।
नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ।
पहिलाे खेलमा नामिबियासँग पराजित भएकाे नेपाल स्कटल्याण्डकाे सामना गर्दा दबाबमा हुनेछ।स्कटल्याण्डले पहिलाे खेलमा नामिबियालाई हराएकाे थियाे।
स्कटल्याण्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ। ब्याटिङमा कमजाेर प्रदर्शन हुँदा नेपाल पहिलाे खेलमा नामिबियासँग ४० रनले पराजित भएकाे थियाे।
दाेस्राे खेलमा ब्याटिङ अर्डरमा केही परिवर्तन हुने प्रशिक्षक पुबुदलु पहिले खेलपछि बताएका थिए। लिग-२ मा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।