कास्की - रोजगारीको सिलसिलामा बहराइनमा रहनुभएका रामबहादुर थापामगर र हेमबहादुर थापामगरले मगर सङ्घ कास्कीलाई आर्थिक सहयोग गरेका छन्।
आफ्ना दिवङ्गत बाबु बालसिंह र आमा विष्णुकमारी थापामगरको स्मृतिमा दाजुभाइले सङ्घको भौतिक स्तरोन्नतिका लागि रु ५० हजार ५५५ आर्थिक सहयोग गरेका हुन्।
नेपालका प्रथम शहीद लखन थापामगरको १४५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मगर सङ्घ जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले अध्यक्ष सङ्गीता पुनमगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।