युक्रेनमा पछिल्लो केही घण्टामा भएका घटनाहरु

काठमाडौँ - बीबीसीका किभ संवाददाता जेम्स वाटरसनले युक्रेनमा पछिल्लो केही घण्टामा के–कस्ता घटना भए त्यसबारे जानकारी दिएका छन्।

त्यहाँको गतिविधि उनकै शब्दमाः
केही घण्टा अघि हामीले उत्तर–पूर्वमा करिब १०–१५ किलोमिटरको दुरीमा केही बिस्फोट सुनेका थियौँ र त्यसपछि त्यहाँ पूरा सुनसान छ। हामीले आफ्नो बम सेल्टरमा रातभरी आवाज सुन्यौँ। यो दुई तल अन्डरग्राउन्ड शेल्टर थियो। यस्तो लागिरहेको थियो कि भुइँमा केही भारी सामान खसिरहेको छ।

यसबाट थाहा हुन्छ कि जुन बिस्फोट भइरहेको छ, त्यो नजिकै भइरहेको छ र त्यो कति ठूलो बिस्फोट हो। युक्रेनको शहरमा जुन पछिल्लो केही दिनदेखि चलिरहेको छ, त्यो अहिले पनि जारी छ। विशेषगरी दक्षिण पूर्वमा मारियुपोल शहरमा, जहाँका मेयरले आवासीय क्षेत्रमा पनि गोलीबारी जारी छ बताइरहेका छन्।

जेपोरजिया न्यूक्लियर पावर प्लान्टमा लागेको आगो निभिसकेको छ। अब यो प्लान्ट रुसको नियन्त्रणमा छ। त्यहाँका कर्मचारीलाई त्यहाँ नै बस्ने अनुमति दिइएको छ र उनीहरुले काम गरिरहनुपर्ने र पावर युनिटको निगरानी गरिरहनुपर्नेछ।

चेर्नोबिलपछि यो दोस्रो न्युक्लियर पावर प्लान्ट हो जुन अब रुसी नियन्त्रणमा छ। यो सबैले देखाउँछ कि रुसी सैनिक युक्रेनको दक्षिणमा लगातार अघि बढिररहेका छन् र यसले गर्दा मारियुपोलजस्ता शहरमा दबाब बढिरहेको छ।

हामी रुसी सैनिकलाई उत्तरबाट पनि किभतर्फट गइरहेको देखिरहेका छौँ। यसैबीच थुप्रै शहरमा लगातार गोलीबारी र युद्ध जारी छ। राजधानी किभ जसमा रुसको निगरानी छ त्यसमा दबाब बढिरहेको छ।
श्रोत: बीबिसी

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×