सर्वसाधारणका लागि सालपा विकास बैंकको आइपिओ पुस १६ देखि खुल्ने

सालपा विकास बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। बैंकले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गर्न लागेको हो। उक्त आइपिओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा म्याद पुस ३० गतेसम्म थपिनेछ। न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×