सुशान्त सिंह राजपुतको 'छिछोरे' चीनमा प्रदर्शन हुँदै

भारत। सन् २०१९मा प्रदर्शनमा आएको दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित चलचित्र 'छिछोरे' चीनमा प्रदर्शन गरिने भएको छ। चलचित्र आउँदो वर्ष २०२२ जनवरी ७बाट ११ हजार स्क्रिनमा प्रदर्शन हुनेछ। भारत–चीनको सैनिकबीच गलवानमा भएको झडपपछि दुई देशको समबन्ध बिग्रिएको थियो। बलिउडको यो चलचित्र करिब दुई वर्षको प्रतिबन्ध पछि चीनमा प्रदर्शनमा हुन लागेको हो। चलचित्रले २०२१ को सर्वोत्कृष्ट फिचर फिल्मको राष्ट्रिय फिल्म अवार्ड समेत जितेको छ। चलचित्रका निर्देशक नितेश तिवारी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×