काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले टीकापुर मिलाउने तर मिडिया नमिलाउने बताएका छन् । प्रतिनिधिसभाको वैठकमा सम्वोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो सम्वोधन गरेका हुन् । टीकापुर जग्गा किनबेचमा कांग्रेस नेतृ आरजु राणाको नाम जोडिएको छ ।
‘साथीहरूले मिडिया मिलाउनु भन्नु हुन्छ । म स्कुल मिलाउँछु गाउँमा । टीकापुर मिलाउँछु तर मिडिया मिलाउन सक्दिनँ,’ उनले भने । तल्लो तहका कर्मचारीको १६ वर्षमा अवकाश लिने व्यवस्था मिलाउने उनले बताए । उनले आफू टेलिभिजनमा हुँदा सबैको तारो बनेको र अहिले पनि बनिरहेको बताए ।